धादिङ । धादिङको बेनीघाट रोराङ गाउँपालिका-९ मझिम्टारबाट ४ किलो ८ सय ग्रामअवैध लागूऔषध गाँजा सहित एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा कास्कीको पोखरा महानगरपालिका-१५ बस्ने ३२ वर्षीय मिलन परियार रहेका छन् ।
शनिबार दिउँसो प्रहरी चौकी जोगिमाराबाट खटिएको प्रहरीले काठमाडौंबाट पोखरातर्फ जाँदै गरेको बागमती प्रदेश ०१-००६ ख ८९०० नम्बरको माइक्रोमा सवार उनलाई उक्त गाँजा सहित पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।