२०८२ भाद्र १०, मंगलबार

प्रतिरोधी क्षमता बढाउन बालबालिकालाई स्वर्णप्राशन

  • धादिङ आवाज
  • २०८२ भाद्र ५, बिहिबार
प्रतिरोधी क्षमता बढाउन बालबालिकालाई स्वर्णप्राशन

काठमाण्डौ । बालबालिकाको शरीरमा रोगसँग लड्ने क्षमताको विकास गर्न छ महिनादेखि पाँच वर्षसम्मका बालबालिकालाई सरकारले आजदेखि स्वर्णप्राशन खुवाउन सुरु गरेको छ ।

खुवाइने २५ जिल्लाका आयुर्वेद अस्पतालबाट हरेक महिनाको पुष्य नक्षत्रका दिन स्वर्णप्राशन खुवाउन लागिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

नयाँ आर्थिक वर्षसँगै २५ जिल्ला र आउँदो आर्थिक वर्षदेखि ७७ वटै जिल्लामा लागू हुने गरी कार्यक्रम अघि बढेको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभागले जनाएको छ ।

विभागका निमित्त महानिर्देशक डा। श्यामबाबु यादवका अनुसार स्वर्णप्राशन परम्परागत रूपमा प्रयोग भए पनि आमबालबालिकाको हकमा प्रयोग गर्नका लागि वैज्ञानिक पुष्टिको खोजीपछि नेपाल सरकारले यो वर्षदेखि लागू गरेको हो ।

स्वर्णप्राशन घ्यू, मह र सुनको भष्म मिलाएर बनेको आयुर्वेदिक पोषक तत्व हो ।

मह र घ्यू समान मात्रामा प्रयोग गरेर खाँदा विषाक्त हुने भए पनि महको दोब्बर घ्यूको मात्रा मिलाएर खाँदा आयुर्वेद अनुसार पनि स्वस्थकर हुने महानिर्देशक यादवले जानकारी दिनुभयो ।

छ महिना मुनिका शिशुलाई आमाको दूधबाहेक केही खुवाउन नहुने भनिएकोले उनीहरूको हकमा स्वर्णप्राशन कार्यक्रम लागू नहुने पनि विभागले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस