२०८२ भाद्र १०, मंगलबार

नेपालले आज भूटानसँग खेल्ने

  • धादिङ आवाज
  • २०८२ भाद्र ६, शुक्रबार
नेपालले आज भूटानसँग खेल्ने

काठमाण्डौ।  १७ वर्षमुनिको साफ महिला च्याम्पियनशिपमा नेपालले आज भूटानसँग खेल्दैछ ।खेल नेपाली समयअनुसार बेलुका सवा ६ बजेदेखी भूटानको चाम्लिमिथाङ रङ्गशालामा शुरु हुनेछ ।

प्रतियोगिता अतरगत पहिलो खेलमा नेपाल भारतसँग ७ गोलले पराजित भएको थियो ।प्रतियोगितामा नेपाल, भूटान, भारत र बङ्गलादेश सहभागी छन् ।

डबल राउन्ड रोबिन लिगका आधारमा हुने प्रतियोगितामा लिग चरणपछि शीर्ष स्थानमा रहने टोली विजेता बन्नेछ ।नेपालले पर्सि आइतवार र भदौ ११ गते सोमवार बङ्गलादेशसँग, भदौ १३ गते भारतसँग र भदौ १५ गते भूटानसँग खेल्ने छ ।

डबल राउन्ड रोबिन लिगमा शीर्ष स्थानमा रहने टोलीले उपाधि जित्ने छ । प्रतियोगिता आउँदो अगस्ट ३१ तारिखसम्म चल्ने छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस