काठमाण्डौ । ७४ जिल्लामा डेङ्गीको सङ्क्रमण फैलिएको इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका कीटजन्य रोग शाखाले जनाएको छ ।
७४ जिल्लामा अहिलेसम्म ३ हजार २ सय ४७ जनामा डेङ्गी सङ्क्रमण देखिएको महाशाखाका कीटजन्य रोग शाखाका प्रमुख डा.गोकर्णप्रसाद दाहालले जानकारी दिनुभयो ।
पछिल्लो १ हप्तामा २ सय ११ जना डेङ्गीबाट सङ्क्रमित भएका छन् । त्यसैगरी डेङ्गीको सङ्क्रमणबाट २ जनाको ज्यान गएको छ ।
महाशाखाका अनुसार कोशी प्रदेशमा ५६८, मधेश प्रदेशमा ६२, बाग्मती प्रदेशमा ६७५, गण्डकी प्रदेशमा ९१४, लुम्बिनी प्रदेशमा ५५१, कर्णाली प्रदेशमा ९३ र सुदूरपश्चिम प्रदेशमा ३८४ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ ।