२०८२ भाद्र १०, मंगलबार

अवैध लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ भाद्र ६, शुक्रबार
अवैध लागूऔषध ब्राउनसुगर सहित चार जना पक्राउ

काठमाडौं । काठमाडौंको गोकर्णेश्‍वर नगरपालिका-८ माकलबारीबाट अवैध लागूऔषध ब्राउनसुगर र नगदसहित ४ जना पक्राउ परेका छन् ।

शुक्रबार बिहान प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले २ ग्राम ९ सय २० मिलिग्राम ब्राउनसुगर र नगद १ लाख ५ हजार रूपैयाँ सहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

पक्राउ पर्नेहरूमा सोही ठाउँ बस्ने धादिङ ज्वालामूखी गाउँपालिका-३ घर भएका २७ वर्षीय सन्देश अर्याल, सिन्धुपाल्चोक भोटेकोशी गाउँपालिका-२ घर भएका ३७ वर्षीय सोनाम तामाङ, ३३ वर्षीय पुष्प तामाङ र काठमाडौं गोकर्णेश्‍वर नगरपालिका-८ बेशीगाउँ बस्ने ३० वर्षीय रोशन आले रहेका छन् ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस