२०८२ भाद्र १०, मंगलबार

वक्तृत्वकलामा धादिङ आवासिय मावि प्रथम

  • धादिङ आवाज
  • २०८२ भाद्र ७, शनिबार
वक्तृत्वकलामा धादिङ आवासिय मावि प्रथम

धादिङ । धादिङमा सम्पन्न आधारभूत तह जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा धादिङ आवासिय माध्यमिक विद्यालय प्रथम भएको छ ।

राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन (एन प्याब्सन) धादिङको आयोजनामा शुक्रबार भएको आधारभूत तहको जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा बिद्यालयतर्फ धादिङ आवासिय माध्यमिक विद्यालय प्रथम, न्यू धादिङ बोर्डिङ द्धित्तिय, न्यू किबो बोर्डिङ तृतिय र आयाम स्कुल सान्त्वना भएको हो ।

बालबालिकाको भविष्य निर्माणमा पिताको भूमिका’ विषयमा भएको वक्तृत्व प्रतियोगितामा ८० अंक प्राप्त गर्दै धादिङ आवासिय माध्यमिक विद्यालयकी अभिज्ञा कार्की प्रथम, ७७ अंक सहित न्यू धादिङ बोर्डिङकी दिव्य रिजाल द्वित्तिय, ७६ अंक सहित न्यू किबो बोर्डिङ स्कुलका उन्नन दुवाडी तृतीय र ७३ अंक प्राप्त गर्दै नलाङ मोडेल एकेडेमीका सचिन गिरी सान्त्वना भएका थिए ।

प्रतियोगितामा बिजयी विद्यार्थी तथा विद्यालयलाई मेडल, प्रमाण पत्र तथा ट्रफीले सम्मान गरिएको थियो ।

प्रतियोगितामा नीलकण्ठ बहुमुखी क्याम्पसका उप–प्राध्यापक डा.मोहन कँडेल र नीलकण्ठ बालमन्दिर माध्यमिक विद्यालयकी नेपाली विषयकी शिक्षिका पार्वती पौडेलले निर्णायकको भूमिका निर्वाह गर्नुभएको थियो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस