काठमाण्डौ । सुदूरपश्चिम प्रदेश सरकारले भोलि सार्वजनिक बिदा दिएको छ ।
प्रदेश मन्त्रिपरिषद् बैठकले अट्ठारी पर्वको अवसरमा बिदा दिने निर्णय गरेको आन्तरिक मामिला तथा कानून मन्त्रालयले जनाएको छ ।
गएको साउन १९ गते बसेको मन्त्रिपरिषद् बैठकले गरेको निर्णयानुसार यो बिदा लागू हुनेछ । थारु समुदायले कृष्ण जन्माष्टमीपछि पर्ने पहिलो आइतवार अट्ठारी पर्व मनाउँदै आएका छन् ।