धादिङ । सिद्धलेक गाउँपालिका–१ नलाङ बैरेनीस्थित आयाम इङलिस स्कुलमा तीज विशेष कार्यक्रम तथा नृत्य प्रतियोगिता सम्पन्न भएको छ ।
नेपाली महिलाहरुको महान चाड हरितालिका तीजको अवसरमा सोमबार विद्यालय प्राङ्गणमा बिद्यार्थीहरु बिच नृत्य प्रतियोगिता गरिएको विद्यालयकी व्यवस्थापक ममिता अर्यालले जानकारी दिनुभयो ।
प्रतियोगितामा १३ टिम सहभागी भएका थिए।
विद्यालयका अतिरिक्त क्रियाकलाप संयोजक विशाल गुरुङ र कक्षा ७ का विद्यार्थी रोमिक सिलवालले सञ्चालन गरेको प्रतियोगितामा निर्णायकका रूपमा नृत्य शिक्षिका अस्मि सुनार र निक्की गुरुङले मूल्याङ्कन गरेका थिए ।
कक्षा १–४ समूह र ५–७ को समूह गरी दुई स्तरमा बिभाजन गरेर नतिजा प्रकाशन गरिएको प्रतियोगिताका बिजयीहरुलाई पुरस्कार ट्रफी,मेडल र प्रमाण पत्र वितरण गरिएको थियो ।
विद्यालयका सन्चालक समिति अध्यक्ष तथा विद्यालयका निर्देशक विकास कोेइरालाको अध्यक्षतामा भएको कार्यक्रममा सिद्धलेक गाउँपालिकाका बयोवृद्ध तोयानाथ अर्यालको प्रमुख आतिथ्य रहेको प्रधानाध्यापक आश बहादुर गुरुङले जानकारी दिनुभयो ।
कार्यक्रममा विद्यालयका शिक्षक–शिक्षिकाले समेत आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।
विद्यालयले हरेक चाडपर्वमा बिभिन्न कार्यक्रमहरु (¥याली, नृत्य तथा सडक नाटक) गरी मनाउदै आएको छ ।
दक्ष शिक्षक शिक्षिकाद्धारा मैत्रीपूर्ण वातावरणमा अध्यापन भईरहेको आयाममा हाल कक्षा ७ सम्म अध्यापन भईरहेको छ ।
विद्यालयमा हाल नृत्य कक्षा, तेक्वान्दो, स्पोटर्स कक्षा सञ्चालनमा रहेका छन् भने सुविधायुक्त कम्प्युटर ल्याव, लाईवेरी, अतिरिक्त क्रियाकलापको लागि आवश्यक सम्पूर्ण सामाग्री र दक्ष प्रशिक्षक रहेको विद्यालय सञ्चालक समितिका अध्यक्ष विकास कोइरालाले बताउनुभयो ।
विद्यालयमा हाल एक सय ८० भन्दा बढि बिद्यार्थी, १५ जना शिक्षक शिक्षिका र अन्य कर्मचारी ३ जना रहेका छन् ।