२०८२ भाद्र २६, बिहिबार

ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो, २ सय ७४ जना घाइतेको उपचार चल्दै

  • धादिङ आवाज
  • २०८२ भाद्र २६, बिहिबार
ज्यान गुमाउनेको सङ्ख्या ३० पुग्यो,  २ सय ७४ जना घाइतेको उपचार चल्दै

काठमाण्डौ । जेनजी आन्दोलनको क्रममा ज्यान गुमाउनेको सङ्ख्या ३० पुगेको छ । गएको सोमवारदेखि चलेको आन्दोलनको क्रममा तीन जना प्रहरीको पनि मृत्यु भएको छ ।

मृत्यु हुनेमा महाराजगञ्ज प्रहरी वृत्तमा कार्यरत प्रहरी सहायक निरीक्षक मिलन राई र प्रहरी जवान उत्तम थापा तथा कोटेश्वरका प्रहरी जवान अमृत गुरुङ रहेका छन् । उनिहरुको उपचारका क्रममा मृत्यु भएको नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता विनोद घिमिरेले जानकारी दिनुभयो ।

यसैगरी निजामती कर्मचारी अस्पतालमा छ जना, राष्ट्रिय ट्रमा सेन्टरमा आठ जना, एभरेष्ट अस्पतालमा तीन जना, काठमाण्डौ मेडिकल कलेज सिनामङ्गलमा दुई जना, त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा एक जना, फ्रन्टलाइन अस्पतालमा तीन जना, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा दुई जना र भेरी अस्पताल नेपालगञ्जमा पाँच जनाको ज्यान गएको छ ।

अहिलेसम्म एक हजार ६१ जना घाइते भएका स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।मन्त्रालयका अनुसार दुई सय ७४ जना घाइतेको उपचार भइरहेको छ भने सात सय १९ जना उपचारपछि घर फर्किसकेका छन् ।

आन्दोलनको क्रममा देशका विभिन्न कारागार बाट साढे १३ हजार कैदीबन्दी तथा तथा पाँच सय थुनुवा फरार भएका छन् । फरार कैदीबन्दी तथा थुनुवालाई नियन्त्रणमा लिने काम भइरहको समेत प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस