काठमाण्डौ । जेन–जी प्रदर्शनका क्रममा ज्यान गुमाउनेको सङ्ख्या ५१ जना पुगेको छ । काठमाण्डौसहित विभिन्न जिल्लामा गरी ज्यान गुमाउनेको सङ्ख्या अहिलेसम्म ५१ पुगेको प्रहरीको तथ्याङ्क छ ।
ज्यान गुमाउनेमा युवासहित, ३ जना प्रहरी र एक भारतीय महिला रहेका नेपाल प्रहरीले जनाएको छ । तीमध्ये ३६ जनाको शव त्रिवि शिक्षण अस्पताल महाराजगञ्जमा रहेको छ ।
महाराजगञ्जमा रहेकाहरूको पोस्टमार्टम थालिएको छ । filephoto