२०८२ भाद्र २८, शनिबार

कर्फ्यू जारी

  • धादिङ आवाज
  • २०८२ भाद्र २७, शुक्रबार
कर्फ्यू जारी

धादिङ। धादिङबेशीमा फेरी कर्फ्यू आदेश जारी भएको छ।

जिल्ला प्रशासन कार्यालय धादिङले सदरमुकाम धादिङबेसीसहितको आसपास क्षेत्रमा आज (भदौ २७) राति ८ बजेदेखि भदौ २८ विहान ५ बजेसम्म कर्फ्यू आदेश जारी गरेको हो।

देशको वर्तमान विषम परिस्थितिमा रातको समयमा अवाञ्छित क्रियाकलाप हुन सक्ने आशंका बढेको भन्दै स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (क) बमोजिम कर्फ्यू आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

धादिङबेसीको इजारा चौताराबाट पूर्व, धादिङबेसी–सल्यानटार सडकसम्म पश्चिम, थोपल खोलासम्म उत्तर र दक्षिण अरुङ खोलासम्म कर्फ्यू तोकिएको छ।

प्रशासनले आदेशको अवधिमा तोकिएको क्षेत्रभित्र कसैले पनि आवतजावत गर्न, भेला, जुलुस, प्रदर्शन, सभा, बैठक वा घेराउ गर्न नपाउने जनाएको छ।

साथै, तोकिएको समयभन्दा बाहिर अर्को आदेश नभएसम्म जिल्लाभर निषेधाज्ञा जारी रहने प्रशासनले स्पष्ट पारेको छ।

निषेधाज्ञाको अवधिमा नेपाल प्रहरीको समन्वयमा यातायात, व्यापार व्यवसाय तथा अत्यावश्यक वस्तु र सेवा भने सञ्चालन हुने व्यवस्था मिलाइएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१५ घण्टा अघि

कर्फ्यू जारी

खोजी गर्नुहोस