धादिङ । धादिङमा सार्वजनिक सवारीसाधन आजदेखि पुनः सञ्चालनमा आएका छन्।
भदौ २३ गतेबाट सुरु भएको जेन–जी आन्दोलन र त्यसपश्चात जारी गरिएको निषेधाज्ञाका कारण भदौ २५ गते देखि धादिङमा सार्वजनिक यातायात पूर्ण रूपमा रोकिएको थियो।
परिस्थिती सामान्य बन्दै गएपछि आज देखी पुनः सञ्चालनमा आएको हो ।
धादिङ मण्डली यातायात प्रालि र ग्रामीण यातायात प्रालिले संयुक्त विज्ञप्ति जारी गर्दै आजदेखि जिल्लाभित्रका साथै काठमाडौंसहित अन्य गन्तव्यतर्फका बसहरू चल्न थाल्ने जानकारी दिएका छन् ।
धादिङ-काठमाडौ र धादिङका सम्पुर्ण ग्रामीण भेगमा यातायात सन्चालन हुने व्यावसायीले बताएका छन् ।