२०८२ भाद्र २९, आईतबार

आजदेखि सरकारी कार्यालय र विद्यालय पनि खुल्ने

  • धादिङ आवाज
  • २०८२ भाद्र २९, आईतबार
आजदेखि सरकारी कार्यालय र विद्यालय पनि खुल्ने

काठमाण्डौ । आजदेखि सरकारी कार्यालय र विद्यालय पनि खुल्ने भएका छन् भने सार्वजनिक गाडी चल्न थालेका छन् ।गएको सोमवारदेखि बन्द रहेका सार्वजनिक गाडी चल्न थालेका छन् ।

आजदेखि स्थानीय प्रशासनसँग समन्वय गरेर देशभर छोटो तथा लामो दुरीका सार्वजनिक गाडी चलाउन थालिएको यातायात व्यवसायी राष्ट्रिय महासङ्घले जनाएको छ ।

जेन–जी आन्दोलनका कारण लगाएको निषेधाज्ञा र कर्फ्यू हटेपछि नागरिक काममा निस्कन थालेका छन् । काठमाण्डौ उपत्यकासहित देशभरको जनजीवन सामान्य बनेको छ ।

पसल तथा होटल पनि खुलेका छन् । सरकारी कार्यालय र धेरैजसो विद्यालय पनि आजदेखि खुल्ने भएका छन् ।

काठमाण्डौ महानगरपालिकाले आजदेखि विद्यालय खुलाएर भोलिदेखि पठनपाठन शुरु गर्ने निर्णय गरेको छ । अरू ठाउँका सरकारी तथा निजी विद्यालयमा पनि पठनपाठन क्रमशः सञ्चालन गर्ने तयारी छ ।

भौतिक संरचनामा क्षति पुगेका विद्यालय तथा अन्य सङ्घसंस्थाले संरचनाको भग्नावशेष हटाउन, सरसफाइ गर्न केही समय लाग्ने हुँदा तत्काल कार्य सञ्चालन गर्न समस्या हुने जनाएका छन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१ दिन अघि

कर्फ्यू जारी

खोजी गर्नुहोस