धादिङ। धादिङको निलकण्ठ नगरपालिका–८ मुरली भञ्ज्याङमा आइतबार बिहान स्कारपियो र मोटरसाइकल एकापसमा ठोक्किँदा दुई जना घाइते भएका छन् ।
आज बिहान करिब १०:४० बजे धादिङबेसीबाट सल्यानटारतर्फ जाँदै गरेको BAC 4063 नम्बरको स्कारपियो र विपरीत दिशाबाट आउँदै गरेको बा ३२ प ८००८ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किएको हो।
दुर्घटनामा मोटरसाइकल चालक निलकण्ठ–९ निगालपानी बस्ने ३९ वर्षीय राकेश खाती र मोटरसाइकलमा पछाडि सवार ३५ वर्षीय कुमार बराइली घाइते भएका छन् । घाइते खातीलाई जिल्ला अस्पताल धादिङमा सामान्य उपचार पछि थप उपचारको लागि हेलिकप्टर मार्फत काठमाडौ लगिएको छ ।
उनको छातीमा चोट लागेकाे र अवस्था गम्भीर रहेकोले काठमाडौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायव उपरीक्षक सुवास हमालले जानकारी दिनुभयो ।
अर्का घाइतेको धादिङ अस्पतालमा उपचार भैरहेको छ।
स्कारपियो चालक काठमाडौं मुलपानी बस्ने ४८ वर्षीय राजेन्द्र फुयाललाई प्रहरीले नियन्त्रणमा लिएको छ।
दुबै सवारीसाधनलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।