काठमाण्डौ । नेपाल सरकारको भुक्तानी र राजस्व सङ्कलनको प्रणाली सञ्चालनमा आएको छ । आजदेखि भुक्तानी शुरू भएको अर्थ मन्त्रालयले जनाएको छ।
यस्तै राजस्व सङ्कलनको काम पनि शुरू गरेर धेरैजसो भन्सार विन्दु सञ्चालनमा आएका मन्त्रालयले जनाएको छ । पूर्णक्षति भएका केही आन्तरिक राजस्व कार्यालयमा काम शुरू गर्न बाँकी छ ।
ुजेन–जीु प्रदर्शनका क्रममा अर्थ मन्त्रालय मातहत १४ वटा आन्तरिक राजस्व कार्यालय र ५ भन्सार कार्यालयमा तोडफोड भएको थियो । सरकारको भुक्तानी प्रणाली सञ्चालनमा आएकोले सरकारको ढुकुटीबाट कर्मचारीले दशैँ अगाडि नै तलब–भत्ता पाउने भएका छन् ।
सरकारको ढुकुटीमा अनिवार्य दायित्व भुक्तानी गर्न आवश्यक पर्याप्त रकम रहेको मन्त्रालयले जनाएको छ ।