२०८२ आश्विन १, बुधबार

बलात्कार पीडित एक युवतीको मृत्यु

  • धादिङ आवाज
  • २०८२ आश्विन १, बुधबार
बलात्कार पीडित एक युवतीको मृत्यु

धादिङ । धादिङमा बलात्कार पीडित २९ वर्षीया एक युवतीको मृत्यु भएको छ ।

नीलकण्ठ नगरपालिका–१० की मानसिक अपाङ्गता भएकी युवतीको बुधवार बिहान उपचारको क्रममा निधन भएको जिल्ला प्रहरी कार्यालय धादिङका सूचना अधिकारी (डिएसपी) सुवास हमालले जानकारी दिनुभयो ।

डिएसपी हमालका अनुसार युवतीलाई घरमा कोही नभएको मौका छोपेर नीलकण्ठ नगरपालिका–१० का ३१ वर्षीया खिलबहादुर मानन्धरले भदौ २५ गते बलात्कार गरेको भन्दै पीडित पक्षले भदौ २६ गते जिल्ला प्रहरी कार्यालय धादिङमा उजुरी दिएको थियो ।

रक्तअल्पताका कारण गम्भीर बनेकी युवतीलाई भदौ ३१ गते धादिङ अस्पतालमा भर्ना गरिएको थियो । पीडितको अस्पतालमा रगत समेत चढाएर उपचार गर्दा गर्दै मृत्यु भएको धादिङ अस्पतालले जनाएको छ ।

बलात्कार आरोपित मानन्धर हाल फरार रहेको र खोजी भइरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस