२०८२ आश्विन १, बुधबार

संविधान दिवसको दिन एमालेले धादिङबेसीमा बृहत र्‍याली निकाल्दै

  • धादिङ आवाज
  • २०८२ आश्विन १, बुधबार
संविधान दिवसको दिन एमालेले धादिङबेसीमा बृहत र्‍याली निकाल्दै

धादिङ । नेकपा एमाले धादिङले संविधान दिवसको अवसर पारेर सदरमुकाम धादिङबेसीमा बृहत् र्‍याली,मोटरसाइकल र्‍याली र कोणसभा गर्ने भएको छ ।

जेन-जी आन्दोलनपछि दलहरु परिवर्तनशील राजनीतिक अवस्थाबाट गुज्रिरहेको बेला संगठनात्मक एकता र जनआर्कषण पुनर्स्थापित गर्ने योजनासहित असोज ३ गते एमालेले धादिङबेसीमा र्‍याली निकाल्न लागेको हो ।

संविधान र लोकतान्त्रिक अभ्यासलाई समर्थन संविधान दिवस जस्तो राष्ट्रिय दिनमा र्‍याली आयोजना गरिएको नेकपा एमाले धादिङले जनाएको छ ।

कार्यक्रम अन्तर्गत पार्टीका सबै तहका अध्यक्ष, प्रमुख, वडाका नेताहरू, युवा सदस्यलाई अनिवार्य उपस्थितिको लागि आव्हान गरिएको र यस कार्यक्रमले पार्टीभित्रको मनोबल बढाउने विश्वास गरिएको नेकपा एमाले धादिङका अध्यक्ष भुमि त्रिपाठीले बनाउनुभयो ।

संविधान दिवसको अवसर पार्टीले संविधान र लोकतन्त्रप्रति आफ्नो प्रतिबद्धता सार्वजनिक गर्नेछ, साथै वर्तमान राजनीतिक परिवेशमा एमालेको स्थायित्व र जनताको विश्वास पुनः जित्ने संकल्प व्यक्त गर्नेछु, अध्यक्ष त्रिपाठीले भन्नुभयो ।

नयाँ उर्जाका साथ पार्टीलाई अघि बढाउन र पार्टीमा युवाको आत्मबल बढाउनको निम्ति र्‍याली आयोजना गरिएको र जिल्लाभरबाट एमालेमा आवद्ध र एमालेलाई माया गर्ने, एमालेका शुभचिन्तकहरु र्‍यालीमा सहभागी हुनुहुने एमाले धादिङकि सचिव राधिका सापकोटाले बताउनुभयो ।

एमालेले विगत केही समयदेखि पार्टीभित्र देखा परेका गुट विभाजन, आलोचनात्मक आवाज र सङ्गठनात्मक कमजोरीको सामना गरिरहेको छ।

सरकारविरुद्धका विवादहरूले पार्टी नेतृत्व र संगठन दुवैलाई चुनौती दिएका छन्। जनताको ध्यान पार्टीहरूको सिद्धान्त र नेतृत्व क्षमतामा केन्द्रित हुन थालेको छ, जसले एमालेसँग कठोर प्रतिस्पर्धा गरिरहेका दलहरूसँग तुलना गर्ने अवस्था सिर्जना गरेको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस