२०८२ आश्विन १, बुधबार

संविधान दिवसमा बिभिन्न कार्यक्रम गर्ने कांग्रेस धादिङको तयारी

  • धादिङ आवाज
  • २०८२ आश्विन १, बुधबार
संविधान दिवसमा बिभिन्न कार्यक्रम गर्ने कांग्रेस धादिङको तयारी

धादिङ। नेपाली कांग्रेस जिल्ला कार्यसमिति धादिङले संविधान दिवस २०८२ को अवसरमा विभिन्न कार्यक्रम गर्ने भएको छ।संविधानको रक्षा र कार्यान्वयनका लागि विशेष कार्यक्रम आयोजना गरिएको कांग्रेस धादिङले जनाएको छ ।

३ गते शुक्रबार बिहान ११ः३० बजे धादिङबेसीस्थित बीपी स्मृति भवनमा हुने कार्यक्रममा सहभागी हुन जिल्ला पदाधिकारी, जिल्ला कार्यसमिति सदस्य, पार्टीका भ्रातृ एवं शुभेच्छुक संस्थाका प्रतिनिधि, क्षेत्रीय, नगरपालिका, वडा समितिका सम्पूर्ण पदाधिकारी, कार्यकर्तालाई आह्वान गरिएको कांग्रेस धादिङले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस