काठमाण्डौ । पाँच महिनामा भएका बिभिन्न विपदका घटनाबाट दुई सय ४३ जनाको मृत्यु भएको छ ।
यस वर्षको वैशाखदेखि भदौ मसान्तसम्मको तथ्याकं अनुसारआठ सय ६९ जना घाइते भएका छन् भने २४ जना हराइरहेका राष्ट्रिय जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ ।
प्राधिकरणका अनुसार पाँच महिनामा तीन हजार छ सय ८१ वटा घटनाबाट छ हजार पाँच सय ९० परिवार प्रभावित भएका छन् । सबैभन्दा धेरै सर्पको टोकाइबाट ७७ जनाको मृत्यु भएको छ ।
यस्तै बाढीमा २९ जनाको मृत्यु भएको छ । २३ जना हराएका छन् । पहिरोमा परेर २४ जना र चट्याङ लागेर ३८ जनाको मृत्यु भएको छ ।
आगलागीमा परी २३ जना र जनावरको आक्रमणमा २० जनाले मृत्यु भएको छ । १८ जनाको लेक लागेर मृत्यु भएको छ ।