धादिङ । १४ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा धादिङबाट एक जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा बेनीघाट रोराङ गाउँपालिका-३ ओरवाङ बस्ने ३२ वर्षीय जगत कोईराला रहेका छन् ।
जगतले ती बालिकालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेनीघाटबाट खटिएको प्रहरीले बुधबार बिहान उनलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।