२०८२ आश्विन ३, शुक्रबार

८ हजार ८१६ कैदीबन्दी अझै फरार

  • धादिङ आवाज
  • २०८२ आश्विन ३, शुक्रबार
८ हजार ८१६ कैदीबन्दी अझै फरार

काठमाण्डौ । जेन–जीको प्रदर्शनका कारण कारागारबाट भागेकामध्ये ८ हजार ८१६ कैदीबन्दी अझै फरार रहेका छन् ।

गएको भदौ २३ र २४ गते भएको प्रदर्शनका कारण २७ कारागारबाट १३ हजार ५ सय ९१ र ९ बालसुधार गृहबाट ९ सय ६४ जना कैदीबन्दी भागेका कारागार व्यवस्थापन विभागका निर्देशक चोमेन्द्र न्यौपानेले बताउनुभयो ।

अहिलेसम्म कारागारबाट भागेकामध्ये ५ हजार ४ सय ९५ र बालसुधार गृहबाट भागेकामध्ये २ सय ४४ कैदीबन्दी फिर्ता आएका छन् ।

फरार रहेका कैदीबन्दीको खोजी भइरहेको विभागले जनाएको छ । नेपाल प्रहरीको हिरासतमा रहेका कैदीबन्दी फरार रहेका र उनीहरूको पनि खोजी भइरहेको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस