
काठमाडौं । यस वर्षको दशैंको टीकाको उत्तम साइतबारे अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले जानकारी गराएको छ ।
नेपालका लागि यसअघि नै नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले असोज १६ गते बिहान ११ः५३ बजे टीकाको उत्तम साइत रहेको जानकारी गराइसकेको छ ।
यसैबीच शनिबार अन्तर्राष्ट्रिय पञ्चाङ्ग निर्णायक समितिले विभिन्न देशको उत्तम साइतबारे जानबारी गराएको हो ।
जस अनुसार, भारतमा ११:४९, अमेरिकाको न्युयोर्कमा ११:२५, अमेरिकाको फ्र्यांकफर्ट, केन्टुकीमा ११:५७, टेक्सासमा ११:३३, क्यालिफोर्नियामा ११:११, क्यानडाको टोरेन्टोमा ११:११, अष्ट्रेलियाको सिड्निमा ११:४३ बजेको साइत उत्तम रहेको जनाएको छ ।
२०८२ सालको दशैं असोज ६ गतेदेखि सुरु हुन्छ । ६ गते घटस्थापना हो ।
असोज ७ गते मंगलबार बिहान ९:५३ बजे झण्डा फेर्ने साइत पर्छ भने असोज ११ गते शनिबार श्रीपचलीभैरव यात्रा हुनेछ ।
असोज १३ गते सोमबार फूलपाती, श्री तुलजाभवानी यात्रा बिहान ७स्१७ बजे र स्थिरासन बिहान ९:२३ बजे तोकिएको छ ।

