२०८२ कार्तिक ३, सोमबार

फुटबलको सेमिफाइनल समीकरण पुरा

  • धादिङ आवाज
  • २०८२ आश्विन ७, मंगलबार
फुटबलको सेमिफाइनल समीकरण पुरा

धादिङ । सिद्धलेक गाउँपालिका-१ स्थित बाँजोगरा खेल मैदानमा जारी ‘प्रथम सिद्धलेक म्हेन्दोमाया कप, ९ ए साइड खुल्ला फुटबल नकआउट प्रतियोगिता’ को सेमिफाइनल समीकरण पुरा भएको छ ।

मंगलबार समुह चरण र क्वाटरफाइनलका खेलहरु सम्पन्न भएसँगै सेमिफाइनलको समीकरण पूरा भएको हो ।

सेमिफाइनलमा सिद्धलेक वारियर, म्हेन्दोमाया युवा समाज टिम ‘सि’, म्हेन्दोमाया युवा समाज टिम ‘ए’ र चक्रदेवी सेवा समाजले स्थान बनाएका छन् ।

प्रतियोगिताको दोस्रो दिन अन्तरगत मंगलबार भएको पहिलो खेलमा सिद्धलेक वारियरले NKUYC लाई २-० ले गोल अन्तरले पराजित गर्यो भने दोस्रो खेल म्हेन्दोमाया युवा समाज टिम ‘बि’ लाई म्हेन्दोमाया युवा समाज टिम ‘सि’ ले ६-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ ।

त्यस्तै आजै भएको तेस्रो खेलमा चक्रदेवी सेवा समाजले फोरजी गुरुङ कल्बलाई २-१ गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो भने चौथो खेलमा बागबच्छला युवा क्लबलाई म्हेन्दोमाया युवा समाज टिम ‘ए’ ले ३-० गोल अन्तर र सिद्धलेक वारियरले सपोट धादिङ फुटबल एकेडेमीलाई २-० गोल अन्तरले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो।

फाइनल प्रवेशका लागि अब पहिलो सेमिफाइनल खेलमा सिद्धलेक वारियर र म्हेन्दोमाया युवा समाज टिम ‘सि’ भिड्ने छन् भने दोस्रो सेमिफाइनल खेलमा म्हेन्दोमाया युवा समाज टिम ‘ए’ र चक्रदेवी सेवा समाज भिड्ने छन् । सेमिफाइनलका खेलहरु भोलि बुधबार दिउँसो १ बजेबाट हुने छन्।

म्हेन्दोमाया युवा समाज सिद्धलेक-१, नयाँबस्तीको आयोजना तथा सिद्धलेक गाउँपालिकाको सहआयोजनामा भएको प्रतियोगितामा १० टिम सहभागी थिए।

फाईनल खेल ९ गते दिउँसो २ बजे हुने आयोजकले जनाएको छ ।

प्रतियोगिताको विजयी हुने टिमले रु १ लाख नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् भने उपविजेताले रु ५० हजार नगदसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछन् ।

यसैगरी सेमिफाइनल पुग्ने टोलीले समान रु १५/१५ हजार प्राप्त गर्ने आयोजकले जनाएको छ ।

विजयी टिमले पाउने नगद रकममा कुनै करकट्टी नहुने आयोजक क्लबका अध्यक्ष पेमा छिरिङ लामाले धादिङ आवाजलाई जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

३ घण्टा अघि

आज कुकुर तिहार

खोजी गर्नुहोस