२०८२ आश्विन १६, बिहिबार

नेपाल र वेस्ट इन्डिजबीचको टी–२० शृङ्खला भोलिदेखि

  • धादिङ आवाज
  • २०८२ आश्विन १०, शुक्रबार
नेपाल र वेस्ट इन्डिजबीचको टी–२० शृङ्खला भोलिदेखि

काठमाण्डौ । भोलिदेखि संयुक्त अरब इमिरेट्स (यूएई) मा नेपाल र वेस्ट इन्डिजबीचको तीन खेलको टी–२० अन्तर्राष्ट्रिय क्रिकेट शृङ्खला शुरू हुँदैछ । यो खेल भोलि राति ८ बजे शारजाहमा शुरू हुनेछ ।

नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रसँग पहिलो पटक द्विपक्षीय शृङ्खला खेल्न लागेको हो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो ।

नेपालले अहिलेसम्म आईसीसीको पूर्ण सदस्य राष्ट्रलाई टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा हराउन सकेको छैन ।

पछिल्लो समय खराब प्रदर्शन गरिरहेको वेस्ट इन्डिजलाई हराउने नेपालसँग अवसर छ । वेस्ट इन्डिजले पछिल्ला १० टी–२० मा २ वटा मात्र जितेको छ । नेपालले भने मिश्रित नतिजा निकालेको छ । नेपालले पछिल्ला १० टी–२० मा ५ वटा जितेको छ ।

‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहनेछ । शृङ्खलाको दोस्रो खेल आउँदो सोमवार र तेस्रो खेल मङ्गलवार हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

शालिक तोडफोड

२ दिन अघि

आज अष्टमी

खोजी गर्नुहोस