
काठमाण्डौ । यातायात व्यवस्था विभागले चालक अनुमतिपत्र (ईडीएल) र गाडी दर्ता (ईभीआरएस) सम्बन्धी सम्पूर्ण सेवा अनिश्चितकालका लागि बन्द गरेको छ ।
विभागले आज सूचना निकालेर गएको भदौ २३ र २४ गतेको आन्दोलनका क्रममा मीनभवन काठमाण्डौको डाटा सेन्टरमा आगजनी भएकाले प्रणाली सञ्चालनमा समस्या आएको उल्लेख गरेको छ ।
सर्भर मर्मतको काम भइरहेकाले अर्को सूचना नआउन्जेलसम्म सेवाहरू उपलब्ध नहुने विभागले जनाएको छ ।
