२०८२ कार्तिक १९, बुधबार

मनसुनी वायुको प्रभाव दशैँ अवधिभर कायमै रहने

  • धादिङ आवाज
  • २०८२ आश्विन १२, आईतबार
मनसुनी वायुको प्रभाव दशैँ अवधिभर कायमै रहने

काठमाण्डौ । मनसुनी वायुको प्रभाव यसपाली दशैँ अवधिभर कायमै रहने भएको छ । जल तथा मौसम विज्ञान विभागले यसवर्षको दशैँ अवधिसम्मको मनसुनको अवस्था समेटेर विशेष मौसम बुलेटिन जारी गरेको छ।

असोज १४ गते (अष्टमी) का दिन बागमती र गण्डकी प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

असोज १५ (नवमी) का दिन कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भागका केही ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।

त्यस्तै असोज १६ (विजयादशमी) का दिन बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाडी तथा कोशी प्रदेशका पहाडी र तराई भागका केही ठाउँ साथै मधेश र सुदूरपश्चिम प्रदेशका थोरै ठाउँमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

दशैँ अवधिभर मनसुनी वायुको प्रभाव रहने हुँदा मौसमको अध्यावधिक जानकारी लिन र आवश्यक सतर्कता अपनाउन मौसमविद्को आग्रह छ ।

विभागको मौसम पूर्वानुमान महाशाखाका अनुसार नेपालमा अहिले मनसुन वायुको प्रभाव केही कमजोर रहे पनि नेपालबाट मनसुन बहिर्गमन भइसकेको छैन ।

नेपालमा सरदर अक्टोबर २ तारिखमा मनुसन बहिर्गमन हुने भए पनि हरेक वर्ष यो मिति भने फरक हुने विभागले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस