काठमाण्डौ । नेपाल र वेस्ट इन्डिजबीचको दोस्रो खेल आज हुँदैछ । खेल राति सवा ८ बजे संयुक्त अरब इमिरेट्सको शारजाहमा शुरू हुनेछ ।
यसअघि भएको पहिलो खेलमा नेपालले वेस्ट इन्डिजलाई १९ रनले हराउँदै ऐतिहासिक जीत हासिल गरेको थियो ।
नेपालले अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) को पूर्ण सदस्य राष्ट्रलाई पहिलो पटक हराएको थियो । वेस्ट इन्डिज दुई पटकको टी–२० विश्वकप विजेता हो ।
तीन खेलको ऐतिहासिक ‘युनिटी कप’ टी–२० शृङ्खला नेपालका लागि आईसीसी टी–२० विश्वकप एशिया छनोटको तयारीका रूपमा रहेको छ ।
शृङ्खलाको तेस्रो तथा अन्तिम खेल भोलि हुनेछ ।