२०८२ आश्विन १६, बिहिबार

वेस्टइन्डिजविरुद्धको अन्तिम खेलमा नेपाल पराजित

  • धादिङ आवाज
  • २०८२ आश्विन १५, बुधबार
वेस्टइन्डिजविरुद्धको अन्तिम खेलमा नेपाल पराजित

काठमाण्डौ । युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखला अन्तर्गत गएराति भएको तेस्रो तथा अन्तिम खेलमा नेपाल पराजित भएको छ । वेस्टइन्डिजले नेपाललाई १० विकेटले जितेको छ ।

एक सय २३ रनको लक्ष्य पछ्याएको वेस्टइन्डिज १२ ओभर २ बलमा विकेट नगुमाइ विजयी भएको हो ।

वेस्टइन्डिजका लागि ओपनरद्वय अमिर जंगोले ७४ रन र अकिम अगस्टेले ४१ रन बनाए । यूएईको शारजहाँ क्रिकेट रंगशालामा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले १९ ओभर ५ बलमा सबै विकेट गुमाएर एक सय २२ रन बनाएको थियो ।

नेपालका लागि कुशल भूर्तेलले ३९, कप्तान रोहित पौडेलले १७, सन्दीप जोराले १४, कुशल मल्लले १२ र गुलशन झाले १० रन बनाए । वेस्ट इन्डिजका रामोन सिमन्ड्सले सर्वाधिक चार विकेट लिए ।

नेपालले वेस्टइन्डिजलाई सोमवार भएको दोस्रो खेलमा ९० रनले र शनिवार भएको पहिलो खेलमा १९ रनले पराजित गरेको थियो।

यससँगै नेपाल र वेस्टइन्डिजविरुद्धको युनिटी कप टी–२० अन्तर्राष्ट्रिय शृंखला २–१ मा सकिएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

२० घण्टा अघि

शालिक तोडफोड

२ दिन अघि

आज अष्टमी

खोजी गर्नुहोस