
दमौली । पृथ्वी राजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका-४ साँखरमा सडक भासिएको छ।
शनिबार बिहानैदेखि परेको पानीका कारण सडक भासिएपछि आँबुखैरेनी-मुग्लिन सडक एकतर्फी सञ्चालन भएको छ ।
अपराह्न ४ बजेतिर सडक भासिएको इलाका प्रहरी कार्यालय आँबुखैरेनीका प्रहरी निरीक्षक टेकप्रसाद सुवेदीले जानकारी दिनुभयो।
दुवैतर्फ प्रहरी राखेर सुरक्षित रूपमा एकतर्फी सवारीसाधन आवतजावतको व्यवस्था मिलाएको छ तर रातिको समयमा यस ठाउँमा जोखिम भएकाले यात्रा नगर्न उहाँँले आग्रह गर्नुभयो ।
