२०८२ आश्विन २४, शुक्रबार

पानीले अवरुद्ध भलिबल खेल पुनः सुरु

  • धादिङ आवाज
  • २०८२ आश्विन १९, आईतबार
पानीले अवरुद्ध भलिबल खेल पुनः सुरु

|DCIM100MEDIADJI_0251.JPG

धादिङ । सिद्धलेक गाउँपालिका–२ नलाङस्थित खिर्रेभञ्याङमा “स्व.लोक बहादुर गुरुङ दोश्रो स्मृती कप” खुल्ला पालिका स्तरीय पुरुष भलिबल प्रतियोगिता पुनः सुरु भएको छ ।

तमु युवा समाज सिद्धलेक–२ धादिङको आयोजना तथा सिद्धलेक गाउँपालिकाको प्रायोजनमा १७ गतेदेखी नलाङ पात्ले माविको प्राङगणमा ‘सुरु भएको प्रतियोगिता वर्षाको कारण रोकिएको थियो ।

हिजो शनिबार दिनभर बर्षाका कारण खेल रोकिएको थियो ।

आज बिहानै देखी खेल सुरु हुने जिल्ला भलिबल संघ धादिङका अध्यक्ष एवं नलाङ पात्ले माविका शिक्षक अमृत गुरुङ (तिलक) ले जानकारी दिनुभयो ।

लिग कम नकआउट आधारमा हुने प्रतियोगितामा १४ टोली सहभागी छन् ।

सहभागी टिमलाई चार समूहमा विभाजन गरिएको रेफ्री संयोजक सोम श्रेष्ठले बताउनुभयो।

जसअन्तरगत समूह ए मा चक्रदेवी सेवा समाज नलाङ, जिवन ज्योति युवा क्लब नलाङ, बराम समाज नलाङ, घले हार्वेस गोरखा छन् भने समूह बि मा मेगाङ गाउँपालिका नुवाकोट, जे.वाई.सि नलाङ र नवक्षितिज युवा क्लब नलाङ छन् ।

त्यस्तै समूह सि मा धादिङको ज्वालामुखी गाउँपालिका, गल्छी गाउँपालिका र सिद्धलेक गाउँपालिका रहेको छ भने समूह डि मा पञ्चकन्या गाउँपालिका नुवाकोट, नवकुण्ड गाउँपालिका रसुवा, त्रिपुरासुन्दरी गाउँपालिका धादिङ र दुप्चेश्वर गाउँपालिका नुवाकोट रहेको रेफ्री संयोजक श्रेष्ठले बताउनुभयो।

१७ गते भएको खेलहरु :
१. चक्रदेवी सेवा समाज VS जिवन ज्योति युवा क्लब (चक्रदेवी सेवा समाज विजयी)
२. नव क्षितिज युवा क्लब VS जन कल्याण युवा क्लब (नव क्षितिज युवा क्लब विजयी)
३. सिद्धलेक गाउँपालिका VS ज्वालामुखी गाउँपालिका (सिद्धलेक गाउँपालिका विजयी)
४. बराम समाज VS जिवन ज्योती युवा क्लब (बराम समाज विजयी)
५. गल्छी गाउँपालिका VS ज्वालामुखी गाउँपालिका (१/१ सेट जित्न सफल दुबै गाउँपालिका,तेस्रो सेट आज हुने)

प्रतियोगितामा प्रथम हुनेले १ लाख ११ हजार १११ सहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

यस्तै द्धित्तिय पुरस्कार ५५ हजार ५५५ सहित ट्रफी, मेडल र प्रमाणपत्र र तृतीय पुरस्कार ३३ हजार ३३३ सहित ट्रफी, मेडल र प्रमाणपत्र रहेको आयोजकले बताएको छ ।

विधागततर्फ उत्कृष्ट खेलाडी, उत्कृष्ट स्पाइकर, उत्कृष्ट ब्लकर, उत्कृष्ट सेटर, उत्कृष्ट सर्भर, उत्कृष्ट लिब्रो र उत्कृष्ट कोचले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन् ।

प्रतियोगितामा सहयोगी संस्थाहरु धादिङ जिल्ला भलिबल संघ र लायन्स क्लब अफ काठमाडौँ सिद्धेश्वर ३२५ रहेको छ । प्रतियोगिता सभ्य र भव्य रूपमा सफल पार्न आयोजकले अपिल गरेको छ ।

तमु युवा समाजले हरेक बर्ष नेपालीहरुको महान चाड दशैको अवसरमा खिर्रेमा भलिवल प्रतियोगिता आयोजना गर्दै आएको छ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस