२०८२ आश्विन २४, शुक्रबार

छोराद्वारा आमाको हत्या

  • धादिङ आवाज
  • २०८२ आश्विन २०, सोमबार
छोराद्वारा आमाको हत्या

धादिङ । धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-५ थापाकठेरीमा आफ्नै छोराले धारिलो हतियार प्रहार गरी आमाको हत्या गरेका छन् ।

जिल्ला प्रहरी कार्यालय धादिङका प्रमुख प्रहरी उपरीक्षक भेषराज रिजालका अनुसार थापाकठेरीका ३० वर्षीय यमबहादुर कँडेलले धारिलो हतियार प्रहार गरी ५४ वर्षीय आमा राममाया कँडेलको हत्या गरेका हुन् ।

यमबहादुर कंडेललाई आइतबार राति ९ बजे पक्राउ गरी जिल्ला प्रहरी कार्यालय धादिङ ल्याइएको प्रहरी उपरिक्षक रिजालले जानकारी दिनुभयो ।

प्रहरी घटनास्थल पुग्दा यमबहादुर आमाको हत्या गरी हातमा खुँडा बोकेर हिँडिरहेको अवस्थामा भेटिएका थिए ।

हतियार बोकेर बाहिर हिँडिरहेको यमबहादुर पछि घरभित्र छिरेपछि उनलाई घरबाटै पक्राउ गरिएको प्रहरी उपरीक्षक रिजालले बताउनुभयो ।

आफ्नै आमालाई किन त्यसरी हत्या गर्यो भन्ने कारण खुल्न सकेको छैन ।

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरी उपरिक्षक रिजालले बताउनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस