काठमाण्डौ । नेपालबाट यस वर्षको मनसुन बाहिरिन शुरू भएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका पश्चिमी भू–भाग र गण्डकी प्रदेशको पश्चिमी भू–भागको थोरै ठाउँबाट मनसुन बाहिरिएको हो।
मनसुनी वायु कमजोर हुँदै गइरहेकाले नेपालको बाँकी भू–भागबाट पनि केही दिनमा मनसुन बाहिरिने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
नेपालबाट मनसुन बाहिरिने सरदर मिति अक्टोबर २ तारिख हो । तर यसपालि केही ढिला गरेर मनसुन बाहिरिन शुरू गरेको हो।
मनसुन बाहिरिने समयमा अस्ति शुक्रवारदेखि आइतवार बिहानसम्म देशका धेरैजसो ठाउँमा वर्षा भएको थियो ।
नेपालमा गएको जेठ १५ गते मनसुन भित्रिएको थियो ।
मनसुन भित्रिएको २३औं दिनमा असार ६ गते देशभर फैलिएको थियो । नेपालमा मनसुन भित्रिने सरदर मिति जुन १३ भए पनि यसपालि २ हप्ताअघि नै भित्रिएको थियो ।