२०८२ आश्विन २४, शुक्रबार

आजदेखि कात्तिक स्नान,आकाशदीप दान एवम् तुलसीको विशेष पूजा आराधना शुरू

  • धादिङ आवाज
  • २०८२ आश्विन २१, मंगलबार
आजदेखि कात्तिक स्नान,आकाशदीप दान एवम् तुलसीको विशेष पूजा आराधना शुरू

काठमाण्डौ । आजदेखि कात्तिक स्नान, आकाशदीप दान एवम् तुलसीको विशेष पूजा आराधना शुरू भएको छ ।

असोज शुक्ल पूर्णिमादेखि कात्तिक शुक्ल पूर्णिमासम्म कात्तिक स्नानसहित तुलसीको विशेष पूजा आराधना, आकाशदीप दान गरेमा सौभाग्य, सम्पत्ति एवम् श्रेय प्राप्ति हुने धार्मिक विश्वास छ ।

आकाशदीप दान पाएसम्म बाँस, नपाएमा पलाँस, खएर, पीपल, आदिको लिङ्गो ठड्याएर बालिन्छ ।

यसैबीच दुर्गा पक्ष अर्थात् बडादशैँ पर्वको अन्तिम दिन हिजो असोज शुक्ल पूर्णिमाको राति धनधान्य एवम् सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातभर जाग्राम बसेपछि १५ दिन लामो दशैँ सकिएको छ ।

महालक्ष्मीको व्रत गर्न गरिने कर्म मध्यरातमा पूर्णिमा भएका दिन गरिन्छ । चन्द्रमाको पूजा गरिने पूर्णिमा व्रतका लागि भने सूर्योदय र सायंकालमा पूर्णिमा तिथि चाहिने भएकाले आज परेको हो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस