२०८२ आश्विन २४, शुक्रबार

सिँढीबाट लडेर एक जनाको मृत्यु

  • धादिङ आवाज
  • २०८२ आश्विन २१, मंगलबार
सिँढीबाट लडेर एक जनाको मृत्यु

धादिङ । नेत्रावती डबजोङ गाउँपालिका–३ चौतारामा सिँढीबाट लडेर एक जनाको मृत्यु भएको छ । घर नजिकैको बाटोमा रहेको सिँढीबाट लडेर चौताराका ३७ बर्षिय बुद्धिबहादुर तामाङको मृत्यु भएको हो ।

टाउकोमा गम्भीर चोट लागेका तामाङको धादिङ अस्पतालमा उपचार गरि थप उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिनुभयो ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस