२०८२ आश्विन २४, शुक्रबार

आज नेपालले कुवेतसँग खेल्दै

  • धादिङ आवाज
  • २०८२ आश्विन २२, बुधबार
आज नेपालले कुवेतसँग खेल्दै

काठमाण्डौ । आजदेखि ओमानमा आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटका खेल शुरू हुँदैछन् । नेपालले आज कुवेतसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार राति पौने नौ बजे शुरू हुनेछ ।

टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोट खेल्न नेपाली टोली ओमान पुगेको छ । नेपालले विश्वकप छनोटको समूह चरणमा कुवेतसँगै जापानसँग पनि खेल्नेछ ।

समूहको शीर्ष दुईमा रहने टोली सुपर–सिक्समा पुग्नेछ ।

सुपर–सिक्समा ६ टोलीमध्ये शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस