काठमाडौं । एएफसी एसियन कप छनोटको तेस्रो चरणअन्तर्गत नेपालले आज आफ्नो तेस्रो खेलमा भियतनामसँग खेल्दै छ ।
खेल नेपाली समय अनुसार साँझ सवा ६ बजे भियतनाममा सुरु हुनेछ।
यसअघि लाओस र मलेसियासाग पराजित भएको नेपालका लागि यो खेल पुनरागमनको अवसर हुनेछ।
घरेलु रंगशाला नहुँदा होम एन्ड अवेका दुवै खेल भियतनाममा खेल्न लागेको नेपाल जितविहीन यात्राको अन्त्यसमेत गर्ने योजनामा छ। नेपाली फुटबल टिम एएफसी एसियन कपको छनोट खेल्न तयार छ।
प्रशिक्षक म्याट रसले बंगलादेशसाग खेलेको टिममा ६ परिवर्तन गरेका छन, यसअघि अन्डर २३ टिममा रहेका खेलाडीसमेत सिनियर टिममा फर्किएपछि नेपाली टिम राम्रो तयारी गरेर भियतनाम गएको हो।
पहिलो खेलमा मलेसियासँग २–० ले पराजित भएको नेपालले दोस्रो खेलमा लाओससँग २–१ को हार ब्यहोरेको थियो।लगातार दुई हारपछि नेपाल समूहको पुछारमा छ।
साथै नेपालको फिफा वरीयतामा पनि स्थान खस्किएको छ। अर्कोतिर, एएफसीले दशरथ रंगशालालाई अन्तर्राष्ट्रिय रंगशालाको मान्यता दिन अस्वीकार गरेपछि घरेलु रंगशालामा खेल्नुपर्ने खेल विदेशी भूमिमा खेल्नुपर्ने बाध्यता पनि छ। filephoto