२०८२ आश्विन २७, सोमबार

टी–२० विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै

  • धादिङ आवाज
  • २०८२ आश्विन २६, आईतबार
टी–२० विश्वकप छनोट : नेपालले आज यूएईसँग खेल्दै

काठमाण्डौ । आईसीसी टी–२० विश्वकप एशिया तथा इस्ट एशिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज यूएईसँग खेल्दैछ ।

खेल नेपाली समयअनुसार दिउँसो सवा ४ बजेलेखी ओमानमा शुरु हुनेछ ।

सुपर सिक्समा नेपालले यूएईसहित कतार, ओमान र सामोआसँग खेल्ने छ । सुपर सिक्समा समूह ‘ए’ बाट यूएई र कतार, समूह ‘बी’ बाट नेपाल र जापान तथा समूह ‘सी’ बाट ओमान र सामोआ पुगेका छन् ।

नेपाल र यूएईले सुपर सिक्समा दुई अङ्क जोडेका छन् ।

नेपालले समूह चरणको खेलमा जापानसँग खेलेका कारण सुपर सिक्समा जापानी टोलीसँग खेल्न पर्ने छैन । नेपालले सुपर सिक्समा भोलि कतारसँग खेल्नेछ ।

यस्तै बुधवार ओमान र शुक्रवार सामोआसँग खेल्नेछ । सुपर सिक्समा शीर्ष तीनमा पर्ने टोलीले आउँदो वर्ष भारत र श्रीलङ्कामा हुने टी–२० विश्वकप खेल्न पाउनेछन् ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस