२०८२ आश्विन २७, सोमबार

लागूऔषधसहित २ जना पक्राउ

  • धादिङ आवाज
  • २०८२ आश्विन २६, आईतबार
लागूऔषधसहित २ जना पक्राउ

धादिङ । धादिङको धुनिवेशी नगरपालिका-६ धार्केबाट करिब २ किलो ४५ ग्राम अवैध लागूऔषध पोल्याण्ड र नगद ४० हजार ४ सय ६५ रूपैयाँ सहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेहरूमा गजुरी गाउँपालिका-८ बाघबैले बस्ने २२ वर्षीय सोनाम तामाङ र २६ वर्षीय राज कुमार लोप्चन रहेका छन् ।

इलाका प्रहरी कार्यालय खानिखोलाबाट खटिएको प्रहरीले शनिबार दिउँसो बा-प्र-०२-०५८ प ८६८७ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई उक्त लागूऔषध र २ थान मोवाइल सहित पक्राउ गरेको हो ।

यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस