धादिङ । विश्वकै पुरानो लुब्रिकेन्ट्स भल्भोलिन ब्राण्डको लुब्रिकेन्ट्स धादिङमा पनि उपलब्ध हुने भएको छ।
धादिङका लागि आधिकारिक विक्रेता जगदिश्वर अटो मोटिभ्स प्रा.ली.ले आईतबार धादिङबेशीमा एक कार्यक्रमको आयोजना गरी विश्वप्रसिद्ध लुब्रिकेन्ट ब्रान्ड भल्भोलिन जिल्लाभर उपलब्ध हुने जानकारी गराएको हो ।
आईतबार भएको अन्तरक्रिया कार्यक्रममा धादिङका अटो मोवाईल्स व्यवसायी, सवारीधनी तथा मेकानिकहरू सहभागी थिए ।
अमेरिकी बजारमै पहिलोपटक स्थापित भल्भोलिन आज विश्वभर उच्च गुणस्तरका लागि परिचित रहेको र ठूला तथा साना सवारी साधनका लागि भल्भोलिन इञ्जिन आयल गुणस्तरीय रहेकाले यसको माग बढ्ने धादिङका लागि आधिकारिक विक्रेता जगदिश्वर अटो मोटिभ्स प्रा.लीका प्रोप्राइटर राकेश कुमार गुप्ताले जानकारी दिनुभयो ।
कार्यक्रममा भल्भोलिन इञ्जिन आयल नेपालको आधिकारिक विक्रेता ओम्नी इन्टरनेश्नल प्रा.ली.का अभिषेक अधिकारीले नेपालमा चल्ने साना तथा ठूला सबै प्रकारका सवारी साधनका लागि भल्भोलिन सबैभन्दा भरपर्दो र गुणस्तरीय इञ्जिन आयल भएको बताउनुभयो ।
नियमित मर्मत र उचित लुब्रिकेन्ट प्रयोगले मात्र सवारी साधनको आयु लम्ब्याउन सकिने भएकाले भल्भोलिन लुब्रिकेन्ट ब्रान्ड चालक तथा मेकानिक दुवैका लागि उपयुक्त विकल्प रहेको उहाँले बताउनुभयो ।
त्यसैगरी भल्भोलिन कमिन्स प्रा.लि.का जीएम अनिल कुमार के.बीले अन्य इञ्जिन आयलको तुलनामा भल्भोलिन बढी भरपर्दो भएकाले सबै सवारीधनी र मेकानिकलाई यसको प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले चालकको सुरक्षा मेकानिकको हातमै हुने भएकाले सवारीमा प्रयोग हुने सामान सधैं गुणस्तरीय हुनुपर्नेमा जोड दिनुभयो।
कार्यक्रममा सहभागी सिद्धलेक गा.पा-१ कालिदहमा रहेको गढीमाई मोटरसाईकल वर्कसपका प्रोपाईटर तथा मेकानिक रोशन राज शाहले भल्भोलिन ब्राण्डको लुब्रिकेन्ट्स आफुले प्रयोग गर्दै आएको र अन्य इञ्जिन आयलको तुलनामा बढी भरपर्दो भएकाले सबै सवारीधनी र मेकानिकलाई यसको प्रयोग गर्न आग्रह गर्नुभयो।
कार्यक्रममा जगदिश्वर अटो मोटिभ्स प्रा.ली.का बजार प्रतिनिधि शितल खत्री, ओम्नी इन्टरनेश्नल प्रा.ली.का बजार प्रतिनिधि दुर्गा गुरुङ सहभागी हुनुहुन्थ्यो ।
काठमाडौँ सितापाईलामा रहेको जगदिश्वर अटो मोटिभ्स प्रा.ली.ले भल्भोलिन नुवाकोट र गोरखामा पनि कारोबार गरिरहेको छ ।
भाल्भोलिन (Valvoline) सन् १८६६ मा स्थापना भएको अमेरिकी ब्रान्ड हो, जसलाई विश्वकै पहिलो इञ्जिन आयल ब्रान्ड मानिन्छ।
आजसम्म १५० वर्षभन्दा बढीको इतिहास बोकेको यसले साना मोटरसाइकलदेखि ठूला ट्रक र औद्योगिक मेसिनसम्मका लागि लुब्रिकेन्ट उत्पादन गर्दै आएको छ।
विश्वका १४० भन्दा बढी मुलुकमा उपलब्ध भाल्भोलिनलाई गुणस्तर, दीर्घायु र भरपर्दोपनका कारण अग्रणी ब्रान्डको रूपमा चिनिन्छ।