२०८२ मंसिर २१, आईतबार

यू-१९ महिला राष्ट्रिय भलिबल टिमको अन्तिम सूची सार्वजनिक

  • धादिङ आवाज
  • २०८२ आश्विन २८, मंगलबार
Post Thumbnail

धादिङ । नेपाल भलिबल संघले श्रीलंकाको कोलम्बोमा आगामी नोभेम्बर ४ देखि ९ तारिखसम्म हुने CAVA U-19 Women’s Volleyball Championship 2025 का लागि नेपाली महिला राष्ट्रिय टिमको अन्तिम सूची सार्वजनिक गरेको छ।

सेन्ट्रल एसियन भलिबल संघ (CAVA) को स्वीकृतीमा श्रीलंका भलिबल फेडरेसनको आयोजनामा कार्तिक १८ गते देखि २३ गते सम्म हुने प्रतियोगिताको लागि टिमको अन्तिम सूची सार्वजनिक गरिएको हो ।

टिममा धादिङका दुई खेलाडी छनोट भएका छन् । टिममा धादिङ सिद्धलेक गाउँपालिका–१ की रेबिका लामा तामाङ र थाक्रे गाउँपालिकाकी भावना तामाङ छनौट भएकी छिन् ।

नेपाल भलिबल संघको असोज २३ गतेको ५७ औ कार्यसम्पादन समितिको वैठकले १ जाना संयोजक र २ जना सदस्य प्रशिक्षकलाई राष्ट्रिय यू १९ महिला टिम छनौटको जिम्मेवारी दिएको थियो ।

१८ जना महिला भलिबल खेलाडी छनौट भएता पनि २ जना स्वइच्छाले वन्द प्रशिक्षणमा सहभागी नभएकोले १६ जनालाई मात्र प्रशिक्षण गराई असोज २७ गते सम्पन्न अन्तिम चरणको छनौटबाट १२ खेलाडीहरु छनौट भएको नेपाल भलिबल संघले जनाएको छ ।

अन्तिम १२ खेलाडीको सूची

१. जेनिसा विश्वकर्मा
२. मिना सुनार
३. आसिका क्षेत्री
४. क्रिस्मा डांगी
५. निशा महर
६. सम्झना नेपाली 
७. एन्जिला प्रधान
८. भावना तामाङ्ग
९. प्रतिभा चौधरी
१०. सुनिता खत्री
११. रेविका लामा तामाङ्ग
१२. विनिता राना 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस