२०८२ आश्विन २९, बुधबार

पेट्रोलको मूल्य घट्यो

  • धादिङ आवाज
  • २०८२ आश्विन २९, बुधबार
पेट्रोलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ।

निगमले बुधवार मध्यरातदेखि लागु हुने गरी पेट्रोलको मूल्य दुई रुपैयाँले घटाएको छ भने डिजेल र मट्टीतेलको मूल्य भने यथावत् रहेको निगमले जनाएको छ।

मूल्य घटेसँगै पेट्रोल पहिलो वर्गका लागि प्रतिलिटर १५८.५० रुपैयाँ, दोस्रो वर्गका लागि १६० रुपैयाँ र तेस्रो वर्गका लागि १६१ रुपैयाँ तोकिएको छ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगन्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्जमा १५८.५० रुपैयाँ‚ सुर्खेत र दाङमा १६० रुपैयाँ र काठमाडौँ, पोखरा र दीपायलमा १६१ रुपैयाँ पर्नेछ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस