धादिङ । सिद्धलेक गाउँपालिका–३ सलाङका कमल श्रेष्ठले ६ हजार ३८ मिटर उचाइको चुलु सुदूरपूर्व (चुली) हिमालको सफल आरोहण गर्नुभएको छ ।
श्रेष्ठले २०८२ असोज २५ गते बिहान ७ बजे दामोदर हिमशृङखला अन्तर्गत अन्नपूर्ण संरक्षण क्षेत्रभित्र पर्ने गण्डकी प्रदेशको मनाङ जिल्लामा अवस्थित सो हिमालको सफल आरोहण गर्नुभएको हो ।
पर्वतीय उद्धार तालिम अन्तर्गत हिमाल आरोहण गरिएको र सफल आरोहण गर्न पाउँदा उत्साहित भएको श्रेष्ठले बताउनुभयो ।