कास्की । पोखरा महानगरपालिका-१७ घारीपाटनबाट १ ग्राम १ सय ७० मिलिग्राम अवैध लागूऔषध ब्राउनसुगर र नगद ९४ हजार ६ सय १० रूपैयाँ सहित २ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेहरूमा सोही महानगरपालिका-७ बस्ने २५ वर्षीय नबराज चापागाई थापा र धादिङ ज्वालामुखी गाउँपालिका-५ बस्ने २५ वर्षीय प्रकाश काप्री रहेका छन् ।
वडा प्रहरी कर्यालय बैदामबाट खटिएको प्रहरीले शनिबार दिउँसो उनीहरूलाई उक्त पदार्थ सहित पक्राउ गरेको र यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ।