२०८२ कार्तिक ४, मंगलबार

राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने

  • धादिङ आवाज
  • २०८२ कार्तिक ४, मंगलबार
राति १० बजेपछि देउसी–भैलो खेल्न नपाइने

धादिङ । जिल्ला प्रशासन धादिङले तिहार पर्वलाई सुरक्षित, मर्यादित र मौलिक ढङ्गले मनाउन जिल्लावासीहरूलाई अनुरोध गरेको छ ।

जिल्ला प्रशासन कार्यालय, धादिङले मंगलबार सूचना जारी गर्दै देउसी–भैलो, नाचगान लगायतका कार्यक्रमहरू राति १० बजेसम्म मात्र सञ्चालन गर्न आग्रह गरेको छ ।

प्रमुख जिल्ला अधिकारी विजयराज सुवेदीद्वारा जारी सूचनामा विद्युत, मैनबत्ती, दियोजस्ता सामग्री प्रयोग गर्दा सावधानी अपनाउन र पटका, आतिसबाजी, झिरझिरे, भुइँचम्पा जस्ता प्रज्वलनशील तथा विस्फोटक पदार्थहरूको ओसारपसार, बिक्री–वितरण र प्रयोग नगर्न अनुरोध गरिएको छ ।

त्यस्तै, मादक पदार्थ सेवन गरी सार्वजनिक स्थलमा होहल्ला, झै–झगडा गर्ने, शान्ति सुरक्षामा असर पर्ने गतिविधि नगर्न समेत प्रशासनले आग्रह गरेको छ ।

प्रशासनले जिल्लाको शान्ति सुरक्षालाई मध्यनजर गर्दै राति १० बजेसम्म मात्र देउसी–भैलो र नाचगानका कार्यक्रम सञ्चालन गर्न सकिने, त्यसपछि कुनै पनि भिडभाड वा अवाञ्छित गतिविधि नगर्न अनुरोध गरेको छ ।

यस्तै जुवा, तास, लङ्गुरबुर्जा जस्ता खेलहरू नखेल्ने, सार्वजनिक यातायात र जनजीवनमा असर पर्ने गतिविधि नगर्न समेत सूचनामा अनुरोध गरिएको छ ।

प्रशासनले नियम उल्लङ्घन भएमा प्रचलित कानुन अनुसार कारवाही गरिने जनाएको छ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१ दिन अघि

आज कुकुर तिहार

खोजी गर्नुहोस