|Window display of jewelry shop
काठमाण्डौ । अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ घट्न थालेको छ ।
मङ्गलवार एकै दिन ६.३ प्रतिशतले घटेको भाउ आज पनि सामान्य घटेको हो । अन्तराष्ट्रिय बजारमा सोमवार एक औंस अर्थात् झन्डै ३२ ग्राम सुनको मूल्य चार हजार तीन सय ८१ अमेरिकी डलरसम्म पुगेको थियो ।
मङ्गलवार ६।३ प्रतिशत घटेर चार हजार ९७ डलरमा झरेको थियो । यो गिरावट सन् २०१३ अप्रिलपछि एकै दिनमा आएको सबैभन्दा ठूलो गिरावट रहेको ’द फाइनान्सियल टाइम्स’ ले जनाएको छ ।
अहिले प्रतिऔस ६७ डलरले घटेर चार हजार ३० डलरमा झरेको छ ।