
काठमाण्डौ । राष्ट्रिय विपद् जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणले वर्षा र हिमपातबाट जोगिन अनुरोध गरेको छ ।
नेपालमा पश्चिमी वायु र अरब सागरबाट विकसित प्रणालीका कारण पश्चिम नेपाल प्रभावित भइरहेका बेला पुनः बङ्गालको खाडीबाट मोन्था चक्रवातको असर देखिने भएको छ ।
हिजोदेखि फेरबदल भएको मौसम आज दिउँसो केही खुलेपनि त्यसपछि मोन्था चक्रवातको असर देखिने अनुमान छ ।
प्राधिकरणले सात बुँदे अनुरोधमार्फत सतर्कता अपनाउन आग्रह समेत गरेको छ ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार सकेसम्म भोलि र पर्सि यात्रा नगर्न र तातो भएर बस्न तथा आवश्यक मौसमी सूचनाबारे जानकारी लिन अनुरोध गरिएको छ ।
प्राधिकरणले अत्यन्त जरुरी नभइ सकेसम्म यात्रा नगर्न, डुबान हुनसक्ने बस्तीका बासिन्दाले उँचो र सुरक्षित ठाउँबारे जानकारी लिने र अरुलाई पनि जानकारी दिन, आवश्यक पर्नासाथ सुरक्षित स्थानमा जान, प्रभावित हुनसक्ने नदी किनाराका बासिन्दा सतर्क भइराख्न, जोखिम देखिए सुरक्षित ठाउँमा सर्न, धान तथा अन्यबाली नकाट्ने, काटेको भए तत्काल भित्र्याउन, प्रभावित हुनसक्ने जिल्लाका विपद् व्यवस्थापन समिति एवम् सुरक्षा समितिले आवश्यकता अनुसार गाडी आवागमनबारे निर्णय गर्न र यसको पालना गर्ने, गराउने , तीनवटै सुरक्षा निकाय, स्थानीय तह, स्वयंसेवक लगायत सरोकारवाला सबै निकाय प्रतिकार्यका लागि तयारी अवस्थामा रहन, पूर्वतयारी, पूर्वकार्य र प्रतिकार्यमा सहयोग गर्ने साझेदार संस्थाहरू जिल्ला विपद् व्यवस्थापन समिति र स्थानीय विपद् व्यवस्थापन समितिको सम्पर्कमा रही सतर्क रहन आग्रह गरेको छ ।
