
काठमाडौं । आईसीसी विश्वकप लिग–२ अन्तर्गत त्रिकोणात्मक सिरिजमा नेपालले आज घरेलु टोली यूएईसँग खेल्दै छ ।
खेल नेपाली समयअनुसार दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा बिहान सवा ११ बजे सुरू हुनेछ।नेपालले पछिल्लो खेलमा अमेरिकासँग १०६ रनले लज्जास्पद हार बेहोरेको थियो।
यूएई पनि अमेरिकासँग ४ विकेटको हारपछि यस खेलका लागि प्रतिस्पर्धामा उत्रिन लागेको हो।
एकदिवसीय अन्तर्राष्ट्रियमा कमजोर फर्ममा रहेका दुवैका दुई लागि यो खेल पुनरागमन गर्ने अवसरसमेत हो।
नेपाल र यूएईले हालसम्म एक अर्काविरूद्ध ९ एकदिवसीय अन्तर्राष्ट्रिय खेलेकोमा नेपालले ४ र यूएईले ५ खेल जितेको छ। नेपाल हाल लिग–२ को अंक तालिकामा सातौं स्थानमा छ।
१७ खेलमा ५ जित र १० हार व्यहोरेको नेपालको १२ अंक छ। समान खेलमा मात्र ३ जित हात पारेको यूएई ६ अंकसहित पुछारमा छ।
