२०८२ कार्तिक १४, शुक्रबार

रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँयो, ३३ जना घाइते

  • धादिङ आवाज
  • २०८२ कार्तिक १४, शुक्रबार
रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँयो, ३३ जना घाइते

चितवनको भरतपुरस्थित टिकौली जङ्गलमा रोकिराखेको ट्रकमा दुईवटा बस ठोक्किँदा ३३ जना घाइते भएका छन् ।

गएराति इँट्टा भरेर पार्किङ गरिराखेको ना ६ ख ८१३ नम्बरको ट्रकमा गौरबाट काठमाण्डौको लागि छुटेको बस र त्यही बसमा जनकपुरबाट काठमाण्डौको लागि छुटेको अर्को बस ठोक्किएको प्रहरीले जनाएको छ ।

दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं.१७ गण आँपटारी चितवनबाट खटिएको टोलीले घाइतेहरुलाई उद्धार गरी उपचारका लागि अस्पताल पठाएको थियो ।

घाइतेहरुमध्ये चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटी अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा पाँच जनाको उपचार भइरहेको प्रहरीले जनाएको छ । तस्बिर : सशस्त्र प्रहरी बल

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

१ हप्ता अघि

सकियो तिहार पर्व

खोजी गर्नुहोस