२०८२ पौष १३, आईतबार

लोकदोहोरी गीत ‘ओ बेबी नो बेबी’ सार्वजनिक

  • धादिङ आवाज
  • २०८२ कार्तिक १६, आईतबार
लोकदोहोरी गीत ‘ओ बेबी नो बेबी’ सार्वजनिक

धादिङ । धादिङकी प्रतिभाशाली गायिका बिन्दा परियार र चर्चित गायक खेम सेञ्चुरीको स्वरमा नयाँ लोकदोहोरी गीत ‘ओ बेबी नो बेबी’ सार्वजनिक भएको छ।

रमेश परियारको शब्द, लय र संगीत संयोजन गर्नुभएको गीतमा प्रेम सम्बन्धमा आउने उतारचढाव, भावनात्मक द्वन्द्व र मायाको गहिरो अनुभवलाई जीवन्त रुपमा प्रस्तुत गरिएको छ।

भिडियोमा लोकप्रिय कलाकार सागर लम्साल ‘बले’ र आस्मा विश्वकर्माले अभिनय गरेका छन्।

उनीहरूको उत्कृष्ट अभिनयले गीतको भावलाई थप प्रभावशाली बनाएको दर्शकहरूले प्रतिक्रिया दिएका छन्। गीतको निर्देशन तथा छायांकन राजीव समीरले गरेका हुन् भने सम्पादन मिलन विश्वकर्माले गरेका छन्।

म्युजिक भिडियो गायिका बिन्दा परियारको अफिसियल युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

हेर्नुहोस् भिडियो………

 

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस