२०८२ कार्तिक १७, सोमबार

आठ दलबीच एकताको सहमति

  • धादिङ आवाज
  • २०८२ कार्तिक १७, सोमबार
आठ दलबीच एकताको सहमति

काठमाण्डौ । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी लगायत आठ कम्युनिस्ट पार्टीहरुले पार्टी एकता गर्ने निर्णय गरेका छन् ।

माओवादीका संयोजक पुष्पकमल दाहाल संयोजक र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहसंयोजक हुने गरी पार्टी एकता गर्ने निर्णय भएको हो ।

हिजो बेलुका १८ बुँदे एकता सहमतिपत्रमा हस्ताक्षर भएको हो ।  पार्टीको नाम टुंग्याउन बाँकी छ भने चुनाव चिह्न पाँचकुने तारा हुने सहमति भएको छ ।

सहमति पत्रमा माओवादी, एकीकृत समाजवादी, नेपाल समाजवादी पार्टी, नेकपा (समाजवादी), जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट पाटी नेकपा (माओवादी–समाजवादी), नेपाल कम्युनिष्ट पार्टी (चिरन पुन) र नेकपा (साम्यवादी) का नेताहरूले हस्ताक्षर गरेका छन् । एकता राष्ट्रिय सम्मेलनको आयोजना आउँदो १९ गते हुनेछ ।

आजको पत्रपत्रिकाबाट

ताजा अपडेट

खोजी गर्नुहोस